सामुदायिक विद्यालयमा खाजाका लागि ८ अर्ब ४५ करोड

हिमाल प्रेस १५ जेठ २०८० १८:११ | Monday, May 29, 2023
सामुदायिक विद्यालयमा खाजाका लागि ८ अर्ब ४५ करोड

काठमाडौँ– सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम निरन्तरता दिन ८ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ।‍‍

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त कुरा बताएका हुन्। मन्त्री महतले दिवा खाजामा जंक फुड (पत्रु खाना) भने दिन नपाइने व्यवस्था गरिने बताएका छन्।

‘दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरिने छ। स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइनेछ,’ उनले भने। अर्थमन्त्री महतले यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बताए।

प्रकाशित: १५ जेठ २०८० १८:११ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast