छात्रवृत्तिको विवरण पठाउन विद्यालयलाई काठमाडौँ महानगरको निर्देशन

हिमाल प्रेस ११ जेठ २०८० १५:१७ | Thursday, May 25, 2023
छात्रवृत्तिको विवरण पठाउन विद्यालयलाई काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ- सबै संस्थागत विद्यालयलाई छात्रवृत्तिको विवरण पठाउन काठमाडौँ महानगरपालिकाले निर्देशन दिएको छ। महानगरको शिक्षा विभागले मातहतका संस्थागत विद्यालयलाई जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण भरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन निर्देशन दिएको हो।

महानगरले शिक्षा ऐन २०७५ को दफा ५० को उपदफा ३ अनुसार छात्रवृत्ति छनोट समितिबाट निणर्य गराई छात्रवृत्ति वितरण गर्न, विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ अनुसार छात्रवृत्तिको प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गरी नियमावलीको नियम ५९ बमोजिम छात्रवृत्ति पाउने विद्यार्थीको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न निर्देशन दिएको छ।

महानगरले तोकिएको समयमा छात्रवृत्ति वितरण नपठाउने विद्यालयको विवरण सार्वजनिक गर्ने, कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा त्यसको सुनुवाइका लागि अवसर प्रदान गर्ने समेत जनाएको छ।

महानगरले वडाध्यक्ष तथा जनप्रतिनिधिलाई छात्रवृत्ति वितरण तथा विवरणको काममा सहयोग र अनुगमन गर्न आग्रह गरेको छ।

प्रकाशित: ११ जेठ २०८० १५:१७ | Thursday, May 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast