कञ्‍चनपुरमा बाघपीडित परिवारलाई वन कार्यालयको सहयोग

हिमाल प्रेस ११ जेठ २०८० ११:४२ | Thursday, May 25, 2023
कञ्‍चनपुरमा बाघपीडित परिवारलाई वन कार्यालयको सहयोग

कञ्‍चनपुर– कञ्‍चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका-८ पचुईँकी ४२ वर्षीया गंगा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले बाघपीडित परिवारलाई १० लाख राहत रकम हस्तारण गरेका छन्।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियमानुसार पाउने राहत रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्‍चनपुरका प्रमुख शम्भु तिवारीले जानकारी दिए।

गत वैशाख ८ गते पचुईँस्थित खप्टीनालामा घाँस काट्न गएकी चन्दलाई बाघले आक्रमण गरेको थियो। सँगै घाँस काट्न गएका स्थानीयले भागेर ज्यान जोगाएका थिए। बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रावधिक टोलीले अर्को दिन बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना पठाइएको थियो। खोजी गर्ने क्रममा चन्दको शव खप्टीनाला क्षेत्रमा भेटिएको थियो।

प्रकाशित: ११ जेठ २०८० ११:४२ | Thursday, May 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast