रास्वपाको पक्षमा सर्वोच्चको आदेश, ढाकाकुमारको ठाउँमा कंसकारलाई शपथ गराउने बाटो खुल्यो

हिमाल प्रेस १० जेठ २०८० १९:४३ | Wednesday, May 24, 2023
रास्वपाको पक्षमा सर्वोच्चको आदेश, ढाकाकुमारको ठाउँमा कंसकारलाई शपथ गराउने बाटो खुल्यो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदको रुपमा विन्ध्यावासिनी कंसकारलाई शपथ खुवाउने बाटो खुला भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आदेश जारी गर्दै ढाकाकुमार श्रेष्ठको ठाउँमा उनलाई शपथ गराउने बाटो खुला गरिदिएको हो।

तत्कालीन समानुपातिक सांसद ढाकाकुमारले मेडिकल व्यवसायीसँग दुई करोड रुपैयाँ मागेको रकम मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको थियो।

रास्वपाले नियमविपरीत आफूलाई निलम्बन गरेको भन्दै ढाकाकुमारले रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासले ढाकाकुमारले रिटमा माग गरेअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

कंसकारले निर्वाचन आयोगबाट सांसद भएको प्रमाणपत्र बने बुझेर पनि शपथ लिन पाएकी थिइनन्। अब उनले शपथ लिने बाटो खुला भएको छ। कंसकार एसिड आक्रमणबाट पीडित पनि हुन्।

प्रकाशित: १० जेठ २०८० १९:४३ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast