मण्डलामा ‘बुद्ध र भिखारी’

हिमाल प्रेस १० जेठ २०८० १५:४५ | Wednesday, May 24, 2023
मण्डलामा ‘बुद्ध र भिखारी’

काठमाडौँ- थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘बुद्ध र भिखारी’ मञ्चन हुने भएको छ। नाटक आगामी जेठ १६ गतेदेखि सुरु हुने निर्माण टिमले जनाएको छ। नाटक जेठ ३२ सम्म मञ्चन हुनेछ।

लोक कथामा आधारित सो नाटक चुलाचुली थिएटरले प्रस्तुत गरेको हो। नाटक प्रत्येक साताको सोमबारबाहेक बेलुका साढे ५ बजे मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजे पनि शो हुनेछ।

नाटकमा बेदना राई, प्रतिना राई, रमिता राई, रूपेश लामा, गणेश ताण्डव, सौजन सेनेहाङ लिम्बु, सञ्जीव योगी, मनिष मगरलगायतको अभिनय छ। अनिल सुब्बाको परिकल्पना तथा निर्देशन रहेको नाटकको नाट्य रुपान्तरण चेतन आङथुपोले गरेका छन्।

प्रकाशित: १० जेठ २०८० १५:४५ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast