नीति तथा कार्यक्रमले संघीयता विरोधी भाव बोकेको छ : उपेन्द्र यादव

हिमाल प्रेस १० जेठ २०८० १३:४६ | Wednesday, May 24, 2023
नीति तथा कार्यक्रमले संघीयता विरोधी भाव बोकेको छ : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रमले संघीयता विरोधी भाव बोकेको बताएका छन्। बुधबारको संसद् बैठकमा धारणा राख्दै उनले नीति तथा कार्यक्रम संघीयताको मूलमर्म र भावनाविपरीत आएको बताएका हुन्।

‘नीति तथा कार्यक्रमको १७ भन्दा बढी ठाउँमा प्रदेश र स्थानीय सरकारलाई संघीय सरकारले नियन्त्रण गर्ने जस्तो देखिएको छ,’ उनले भने, ‘प्रदेश र स्थानीय तह संघीय सरकारका पार्टनर (साझेदार) हुन् एकाइ होइनन्।’

उनले संघीयताको संरचना नै त्रुटिपूर्ण भएको बताए। ‘प्रदेशको नामकरण खोलानालाबाट गरिएको छ, पहिचानको आधारमा गर्ने कि नगर्ने, प्रदेशमा प्रहरी समायोजन गर्ने कि नगर्ने, प्रदेशमा कर्मचारी कहिले पूरा गर्ने?,’ उनले भने, ‘आर्थिक स्रोतसाधनमा प्रदेश र स्थानीय सरकारलाई अधिकार नदिएर संघीयता कार्यान्वयन हुँदैन। अमूर्त, काल्पनिक र मिठा कुराले भरेर समाज र राष्ट्रको निर्माण गर्न सकिँदैन।’

प्रकाशित: १० जेठ २०८० १३:४६ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast