चीन-रुस व्यापार मञ्चलाई चिनियाँ प्रधानमन्त्रीको सन्देश

हिमाल प्रेस ९ जेठ २०८० २१:५७ | Tuesday, May 23, 2023
चीन-रुस व्यापार मञ्चलाई चिनियाँ प्रधानमन्त्रीको सन्देश चीनका नयाँ प्रधानमन्त्री ली छ्याङ

बेइजिङ- चिनियाँ प्रधानमन्त्री ली छ्याङले मंगलबार चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश पठाएका छन्। दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न यो मञ्च महत्त्वपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री लीले बधाई सन्देश पठाएका हुन्।

चीनले रुसलगायत देशसँग पारस्परिक रूपमा लाभदायक सहयोगलाई सुदृढ गर्न, खुला विश्व अर्थतन्त्रको निर्माण गर्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोडको प्रवद्र्धन गर्न इच्छुक रहेको सन्देशमा उल्लेख गरेका छन्।

चीन रुससँग आर्थिक र व्यापारिक गतिविधि आदानप्रदान र विस्तार गर्न एवं परिमाण र गुणस्तर दुवैमा सहयोग गर्न इच्छुक रहेको पनि लीले उल्लेख गरेका छन्। यो मञ्चले दुई देशका व्यापारिक वर्गलाई आफ्ना गतिविधि आदानप्रदान र सहयोग सुदृढ गर्न राम्रो मञ्च प्रदान गरेको उनको भनाइ छ।

दुई देशका उद्यमीहरूले आफ्ना आवश्यकताअनुसार सहयोगको सम्भावनाको उपयोग गर्ने र दुई देशबीचको व्यावहारिक सहयोगमा नयाँ सामग्री थप्दै जीवन्तता थप्ने सन्देशमा भनिएको छ। रासस/सिन्ह्वा

प्रकाशित: ९ जेठ २०८० २१:५७ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast