बंगलादेशमा बारुदी सुरुङ विस्फोट

हिमाल प्रेस ९ जेठ २०८० २१:१० | Tuesday, May 23, 2023
बंगलादेशमा बारुदी सुरुङ विस्फोट

ढाका- बंगलादेशमा बारुदी सुरुङ विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ। दक्षिणपूर्वी बंगलादेशको बन्दरबन जिल्लामा मंगलबार बारुदी सुरङ विस्फोट हुँदा थप केही व्यक्ति घाइते भएका छन्।

बन्दरवनको रुमा प्रहरी चौकीका अधिकृत आलमगीर हुसेनले सिन्ह्वालाई दिएको जानकारीअनुसार बीजीबी (बोर्डर गार्ड बंगलादेश)को शिविर नजिकै सुरुङ विस्फोट भएको हो।

कामदारहरूले शिविरको ठाउँ सफा गर्ने क्रममा बारुदी सुरङ विस्फोट भएको र एक कामदारको मृत्यु भएको प्रहरीले बताएको छ। ‘हामीले एक नागरिकको मृत्यु भएको र अर्को घाइते भएको जानकारी पाएका छौँ,’ प्रहरी अधिकारीले भने। रासस/सिन्ह्वा

प्रकाशित: ९ जेठ २०८० २१:१० | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast