 
                             
                                            भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका व्यक्तिहरूको संलग्नता हुनु देशकै लागि दुर्भाग्यको विषय भएको बताएका छन्।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एकवर्षे उपलब्धि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। भ्रष्टाचार देशद्रोही कदम भएको र भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ।
राजनीतिक कार्यकर्ताहरूले कसैको दबाब र प्रभावमा काम गर्दा देश नै दुर्घटनाग्रस्त हुने बताउँदै अध्यक्ष बिजुक्छेंले नेपाल विदेशी शक्तिसामु झुके साम्राज्यवादीहरूको जालोमा फस्ने जनाए। विदेशका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्न दिने व्यवस्था देश हितविपरीत हुने भन्दै उनले देश र जनताको इमान्दारीपूर्वक सेवा गर्नु नै राजनीतिको मुख्य उद्देश्य हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले भक्तपुर मौलिकता जोगाउन सफल संसारकै एक आकर्षक सहरका रूपमा अगाडि बढिरहेको बताउँदै उहाँले यहाँको शैक्षिक अभियान पनि विशिष्ट रहेको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![नेमकिपा अध्यक्षमा फेरि बिजुक्छेँ, सचिवमा प्रेम सुवाल [निर्वाचित कमिटीको नामावलीसहित]](https://himalpress.com/wp-content/uploads/2023/02/Bijukchhe.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 