कोभिड संक्रमितको संख्या घट्दो क्रममा

हिमाल प्रेस ७ जेठ २०८० १९:४० | Sunday, May 21, 2023
कोभिड संक्रमितको संख्या घट्दो क्रममा

काठमाडौँ– कोभिड भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ। एक हप्ताको तथ्यांक हेर्दा कोभिड भाइरसको संक्रमण घटेको पाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ७ सय ६८ जनामा गरिएको परीक्षणमा ४ जनामा मात्र संक्रमण देखिएको छ। शुक्रबार १४ जना, बिहीबार ३०, बुधबार २४, मंगरबार २४, आइतबार २१ र शनिबार २१ जनामा संक्रमण देखिएको छ।

भारतमा कोभिड संक्रमण घट्दै गएकाले नेपालमा पनि घट्दो दरमा रहेको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए। भारतबाट संक्रमित नेपाल नआउनु र कोभिड भाइरस विरुद्धको खोपको प्रभावले संक्रमण घटेको उनले जानकारी दिए।

‘भारतमा पनि संक्रमण कम थाल्यो। नेपालमा खोपको प्रभाव देखियो,’ उनले भने,’समुदायमा खोप लगाएमा मानिसको संख्यामा धेरै भएकाले संक्रमण पनि सर्न पाएन। त्यसैले संक्रमण घटिरहेको छ।’

कोभिड संक्रमण घट्ने बढ्ने भइरहेकाले अब बढ्दैन भन्ने अवस्था नरहेको उनले जनाए। अहिलेसम्म ७० जना सक्रिय संक्रमित, ३ आइसोलेशन, १ जना आइसियु र १ जना भेन्टिलेटरमा उपचार रहेको उनले जानकारी दिए।

कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ चैतमा देखापरेपछि त्यसयता संक्रमण बढेको थियो।

प्रकाशित: ७ जेठ २०८० १९:४० | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast