सुदन किराँती
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताएका छन्। विदेशी ब्राण्डलाई नेपाल भित्र्याउनेभन्दा स्थानीय खानेकुरालाई ‘ब्राण्डिङ’ गरेर ठूला होटल तथा रेष्टुरेन्टमा भित्र्याउनुपर्ने उनले बताएका हुन्।
बूढानीलकण्ठ नगरपालिका–११ मा रहेको नेपाली मौलिक भान्सा घरको कार्यक्रममा उनले आर्थिक समृद्धिका निम्ति नेपाली उत्पादन नै उपभोग गर्नुपर्ने बताए। ‘आज पनि हामी खर्बौँको खाद्यवस्तु आयात गरिराखेका छौँ,’ उनले भने, ‘निर्यातको मात्रा नगन्य छ।’
‘हाम्रो उत्पादन हाम्रै बजार’ भनेर अघि बढ्नुपर्ने उनको भनाइ थियो। विदेशी उत्पादन प्रयोगलाई नेपाली सबैले कम गर्न सक्नुपर्ने उनको भनाइ थियो। रासस
प्रकाशित: ६ जेठ २०८० २१:१५ | Saturday, May 20, 2023
प्रतिक्रिया





