बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ : स्वर्णिम वाग्ले

हिमाल प्रेस ६ जेठ २०८० १९:२२
22
SHARES
बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ : स्वर्णिम वाग्ले तस्बिर- हिमाल प्रेस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्ने बताएका छन्। शनिबार अर्थ समितिमा उनले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको पनि बताए। ‘बजेटको आकार विश्वसनीय बनाउन आवश्यक छ,’ उनले भने, ‘बजेट विश्वसनीय बनाउन अप्रिय निर्णय लिन आवश्यक छ।’

सांसद वाग्लेले लाइसेन्सिङ र पोलिसी करप्सनमाथि प्रहार गर्न आवश्यक रहेको पनि बताए। पोलिसी करप्सन कागजपत्र, नियमावली संशोधन गरेरै हुने गरेको उनको भनाइ थियो। संविधान नै संशोधन गरेर पनि नीतिगत भ्रष्टाचार हुने गरेको उनले औँल्याए।

अहिले गल्ती गर्नेहरूलाई समात्न पनि अफ्ठ्यारो हुनेगरी नीतिगत भ्रष्टाचार भइरहेको उनले बताए। अर्थसम्बन्धि विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै उनले नीतिगत भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताए।

‘यो देशमा पोलिसी करप्सन बढ्यो। यसरी गरिन थाल्यो की अब त कागजपत्र मिलाएर नियमावली संशोधन गरेर उस्तै परे ऐन नै संशोधन गरेर सामथ्र्य भए त संविधान नै संशोधन गरेर पनि करप्सनलाई लिगलाइज गर्ने गरेर गएको छ,’ उनले भने।

प्रकाशित: ६ जेठ २०८० १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =