नीति तथा कार्यक्रमको विरोध गर्न एमाले सांसदहरूलाई ओलीको निर्देशन

'नीति तथा कार्यक्रम लक्ष्य र गन्तव्यविहीन'

हिमाल प्रेस ६ जेठ २०८० १७:०८ | Saturday, May 20, 2023
नीति तथा कार्यक्रमको विरोध गर्न एमाले सांसदहरूलाई ओलीको निर्देशन

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम लक्ष्य र गन्तव्यविहीन भएको जिकिर गरेका छन्। शनिबार संसद भवन नयाँ वानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नीति तथा कार्यक्रममा बहुवर्षिय योजनालाई समेट्न नसकेको र आगामी दिशासमेत देखाउन नसकेको भन्दै यसलाई समर्थन गर्न नसकिने उनले आरोप लगाए। नीति तथा कार्यक्रममा समावेश विषयहरूलाई हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेकोजस्तो देखिएको उनको टिप्पणी छ।

नीति तथा कार्यक्रममा देशको वर्तमान अर्थिक संकट सुधार गर्ने विषयहरू नै नसमेटिएको उनले तर्क गरे। संकटमा परेको उद्योगधन्दा विकास गर्ने विषय नभएको, आत्मनिभर्रता तर्फ कुनै योजना नरहेको, मुलुकको आर्थिक नीति नै समावेश नगरिएको उनले जिकिर गरे।

मिठा मिठा शब्दलेमात्रै नीति कार्यक्रम पूर्ण नहुने भन्दै उनले देश र जनताप्रति सरकार गम्भीर नभएको आरोप लगाए। नीति तथा कार्यक्रमले अहिलेको आर्थिक,सामाजिक, राजनीतिक समस्या पहिल्याउन नसकेको भन्दै यसको संसदमा यसको विरोध गर्न सांसदहरूलाई निर्देशन दिए।

सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई एमालेले पास हुन नदिने उनले बताए।

प्रकाशित: ६ जेठ २०८० १७:०८ | Saturday, May 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast