भरतपुर महानगरद्वारा खोज तथा उद्धार सामग्री प्रहरीलाई हस्तान्तरण

हिमाल प्रेस ५ जेठ २०८० २०:३६ | Friday, May 19, 2023
भरतपुर महानगरद्वारा खोज तथा उद्धार सामग्री प्रहरीलाई हस्तान्तरण

चितवन– भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ। महानगरकी मेयर रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई हस्तान्तरण गरेकी हुन्।

सामग्री हस्तान्तरण गर्दै मेयर दाहालले प्रहरीलाई विपद्को समयमा खोज तथा उद्धारमा सहयोग पुगोस् भनेर सामग्री हस्तान्तरण गरिएको बताइन्।

प्रहरीलाई आवश्यक सहयोग र परामर्श गर्दै आएको बताउँदै उहाँले प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने भन्दै उनले समाजमा हुने कुनै पनि घटना न्यूनीकरणमा सबैले सहयोग गर्नुपर्ने जनाइन्। वर्षालगायत विपद्का समयमा आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको उनको भनाइ छ।

प्रहरी कार्यालयका प्रमुख कार्कीले सहयोग स्वरूप प्रदान गरिएको सामग्रीको सही उपयोग हुने बताए। कार्यक्रममा लक क्यारोविन, वयस्ट हार्नेस, टेप सिलिङ, स्मल ड्राई व्याग, वाटर ग्लासलगायत २२ प्रकारका सामग्री हस्तान्तरण गरिएको थियो। ६ लाख ६६ हजार ३ सय ८३ रुपैयाँ बराबरको सामान खरिद गरी हस्तान्तरण गरिएको महानगरपालिकाले जनाएको छ।

प्रकाशित: ५ जेठ २०८० २०:३६ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast