नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती छन् : ज्ञानेन्द्र शाही

हिमाल प्रेस ५ जेठ २०८० १९:३४ | Friday, May 19, 2023
नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती छन् : ज्ञानेन्द्र शाही फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रम लागू हुने चुनौती भएको दाबी गरेका छन्।

संसद् भवनमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘नीति तथा कार्यक्रम लागू हुनुपर्छ। तर यो लागू हुने देखँदैन। जस्तो विदेशमा रहेका नेपालीहरुले मतदानको अधिकार पाउने गत वर्ष पनि भनिएको थियो। अहिले पनि छ।’

उनले देशका हिमाली क्षेत्रमा सिंचाइ र त्यहाँका उत्पादनलाई प्रवर्द्धन गर्ने विषय नसमेटिएको भन्दै आपत्ति पनि जनाए। हिमाली जिल्ला जुम्लबाट निर्वाचित सांसद शाहीले संसद्‌मा पटकपटक त्यस क्षेत्रको व्यवसायिक विकास गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

प्रकाशित: ५ जेठ २०८० १९:३४ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast