उस्तै उद्देश्य भएका संस्थान एकापसमा गाभिने

हिमाल प्रेस ५ जेठ २०८० १६:४३ | Friday, May 19, 2023
उस्तै उद्देश्य भएका संस्थान एकापसमा गाभिने

काठमाडौँ– सरकारले उस्तै उद्देश्य र कार्य भएका सरकारी कार्यालय वा संस्थान गाभ्ने भएको छ। खर्च कटौतीका लागि समान उद्देश्य बोकेका विभिन्न सरकारी निकाय एकापसमा गाभ्ने वा खारेजीको नीति लिइने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।

संसद्को संयुक्त बैठकमा आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयमा असान्दर्भिक, उद्देश्यमा दोहोरोपन भएका कार्यालय घटाइने बताएका हुने।

यसअनुसार सरकारले समान उद्देश्यका सरकारी कार्यालय, सार्वजनिक संस्थान, विकास समिति तथा कोषलाई एकापसमा गाभ्ने वा खारेज गर्नेछ।

अहिले भएका अधिकांश सार्वजनिक संस्थान घाटामा छन्। कति वर्तमान समयमा असान्दर्भिक भइसकेका छन्। त्यस्तै अधिकांश विकास समितिका उद्देश्य र कामको प्रकृति पनि समान खालको छ।

सरकारी तथा निजी क्षेत्रका कर्मचारी वा मजदुरको पेन्सनलगायत उद्देश्य राखेर बनाइएका कोषसमेत एकभन्दा बढी छन्।

प्रकाशित: ५ जेठ २०८० १६:४३ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast