काठमाडौँ- दार्जिलिङ जिम खाना क्लबद्वारा आयोजित अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आईटीएफ)को मान्यता प्राप्त ‘वर्ल्ड टेनिस मास्टर्स एमटी २०० प्रतियोगिता’को फाइनलमा कमल थापाकाे टिम पुगेकाे छ।
वैशाख ३० गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत, भुटानलगायत देशका एक सयभन्दा बढी सिनियर खेलाडिहरूको सहभागिता रहेको छ।
प्रतियोगिताको ६० वर्ष उमेर समुहको डबल्स प्रतिस्पर्धाअन्तर्गत बुधबार भएको सेमिफाइनलमा नेपालका कमल थापा र झ्याम्पा धोण्डुपको जोडीले भारतका दोस्रो बरियताका आशिष सेन र नरेश भिजको जोडीलाई हराउँदै फाइन प्रवेश गरेका छन्। आशिष र नरेशको जोडी ६-४ र ६-२ को सोझो सेटमा पराजित भएको हो।
बुधबार नै भएको सिंगलतर्फको प्रतिस्पर्धामा कमल थापाले भारतका उदय माथुरलाई क्वार्टर फाइनलमा ६-२ र ६-२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।