दार्जिलिङमा भैरहेको टेनिस प्रतियोगितामा कमल थापा फाइनलमा

हिमाल प्रेस ३ जेठ २०८० २१:३४ | Wednesday, May 17, 2023
दार्जिलिङमा भैरहेको टेनिस प्रतियोगितामा कमल थापा फाइनलमा

काठमाडौँ- दार्जिलिङ जिम खाना क्लबद्वारा आयोजित अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आईटीएफ)को मान्यता प्राप्त ‘वर्ल्ड टेनिस मास्टर्स एमटी २०० प्रतियोगिता’को फाइनलमा कमल थापाकाे टिम पुगेकाे छ।

वैशाख ३० गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत, भुटानलगायत देशका एक सयभन्दा बढी सिनियर खेलाडिहरूको सहभागिता रहेको छ।

प्रतियोगिताको ६० वर्ष उमेर समुहको डबल्स प्रतिस्पर्धाअन्तर्गत बुधबार भएको सेमिफाइनलमा नेपालका कमल थापा र झ्याम्पा धोण्डुपको जोडीले भारतका दोस्रो बरियताका आशिष सेन र नरेश भिजको जोडीलाई हराउँदै फाइन प्रवेश गरेका छन्। आशिष र नरेशको जोडी ६-४ र ६-२ को सोझो सेटमा पराजित भएको हो।

बुधबार नै भएको सिंगलतर्फको प्रतिस्पर्धामा कमल थापाले भारतका उदय माथुरलाई क्वार्टर फाइनलमा ६-२ र ६-२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रकाशित: ३ जेठ २०८० २१:३४ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast