घट्यो सुनको भाउ, तोलाको कति?

हिमाल प्रेस ३ जेठ २०८० ११:०३ | Wednesday, May 17, 2023
घट्यो सुनको भाउ, तोलाको कति? फाइल तस्बिर

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ। मंगलबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा किनबेच भएको थियो।

मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ३ जेठ २०८० ११:०३ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast