लेखा समितिका हरेक काम सार्वजनिक गर्न सभापति केसीको निर्देशन

हिमाल प्रेस २ जेठ २०८० १४:३० | Tuesday, May 16, 2023
लेखा समितिका हरेक काम सार्वजनिक गर्न सभापति केसीको निर्देशन

काठमाडौँ- सार्वजनिक लेखा समिति सभापति (ज्येष्ठ सदस्य) अर्जुनरसिंह केसीले समितिले गर्ने हरेक काम सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै सभापति केसीले देशको अर्थतन्त्रमा देखिएका अनियमितता र भ्रष्टाचार निर्मूल गर्न कस्सिएर बसेको समितिले गरेका काम आमजनताले थाहा पाउन आवश्यक रहेको बताएका हुन्।

उनले सार्वजनिक लेखा समितिले गर्ने हरेक कार्य सार्वजनिक गर्न आवश्यक रहेको बताए। उनले भने, ‘उमेरका कारण म सभापति भए पनि समितिको सभापति नै हो। मैले एउटा अधिकार के प्रयोग गरेँ भने समिति सचिवलाई निर्देशन गर्छु– सार्वजनिक लेखा समितिको कार्यहरू सार्वजनिक हुनुपर्छ। सार्वजनिक लेखा समितिमा बसेर गरेका काम जनतालाई थाहा दिनुपर्छ।’

उनले सार्वजनिक लेखा समितिका सभापति वा सदस्यहरूले पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने बताए। केसीले निष्पक्ष, यथार्थ र भ्रष्टाचारविरुद्ध अभियन्ताका रुपमा लेखा समितिलाई स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए।

उनले पछिल्लो समय नीतिगत निर्णयका नाममा सबै राजनीतिक दलहरूबीच आमसहमति गर्ने अवस्था देखिएको भन्दै अब त्यस्तो भए स्वीकार गर्न नहुने बताए। उनले भने, ‘भ्रष्टाचारका सम्बन्धमा संसदीय समिति, सदन र समितिमा कुरा उठ्न सकेन भने अहिलको व्यवस्थामाथि नै प्रश्न उठ्न थाल्छ। त्यसलाई हामीले समाधान गर्न सक्दैनौँ। त्यसैले यस विषयमा सबै माननीय सदस्यहरूले सोच्नुपर्छ।’

उहाँले भ्रष्टाचारका सम्बन्धमा संसदीय समिति र सदनमा कुरा उठाउन सक्नुपर्ने बताए। उनले भने, ‘भ्रष्टाचारविरुद्धको अभियन्ताका रूपमा समितिलाई स्थापित गर्नु अहिलेको आवश्यकता हो। नीतिगत निर्णयका सन्दर्भमा नेपालको ऐन, कानुन र नियममा कहीँ उल्लेख नभएको सार्वजनिक हितका लागि नभई नहुने निर्णय मात्रै नीतिगत निर्णय हो।’

नीतिगत निर्णयका नाममा सबै राजनीतिक दलहरूको नाममा आमसहमति गर्ने अवस्था देखिएको उनको भनाइ छ। उनले एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्ड बाहिर आएको भन्दै सरकारले निष्पक्ष छानबिन गर्न सक्नुपर्ने बताए।

प्रकाशित: २ जेठ २०८० १४:३० | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast