कांग्रेसले खड्कालाई लेखा समितिको सभापति बनाउने

हिमाल प्रेस ३ वैशाख २०८३ १५:३० | Thursday, April 16, 2026
28
SHARES
कांग्रेसले खड्कालाई लेखा समितिको सभापति बनाउने

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने भएको छ।

डोटीका सांसद खड्कालाई कांग्रेसले  संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति बनाउने निर्णय गरेको हो।

कांग्रेस नेता अर्जुननरसिंह केसीले खड्कालाई लेखा समितिको सभापति बनाउने निर्णय भएको जानकारी दिएका छन्।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई लेखा समितिको सभापति दिने निर्णय गरेको थियो। रास्वपाको यो निर्णयसँगै कांग्रेसले खड्कालाई अगाडि सारेका हुन्।

विपक्षी दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि लेखा समिति सभापतिमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको विपक्षी दलहरूका बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई समितिको सभापति दिने निर्णय गरेको थियो।

प्रतिनिधिसभाका संसदीय समिति सभापतिका लागि मनोनयन दर्ता हुँदैछ।

प्रकाशित: ३ वैशाख २०८३ १५:३० | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast