संसद् बैठकमै ढलेका भरत खड्कालाई अस्पताल लगियो

हिमाल प्रेस १८ भदौ २०८३ १५:१२ | Thursday, September 3, 2026
संसद् बैठकमै ढलेका भरत खड्कालाई अस्पताल लगियो

काठमाडौँ- प्रतिनिधिसभा बैठक चलिरहेका बेला नेपाली कांग्रेस सांसद तथा लेखा समितिका सभापति भरत खड्का आफू बसेकै कुर्सीबाट ढलेका छन्।

खड्का ढलेलगत्तै सांसद सोम शर्मालाई बोल्न रोकेर सभामुखले केहीबेर सदनको कारवाही स्थगित गरेका थिए।

खड्कालाई उच्च रक्तचापका कारण चक्कर आएर कुर्सीबाट ढलेको सांसद डा.ओजस्वी शेरचनले जानकारी दिइन्।

खड्कालाई अस्पताल पठाइएको डा.शेरचनले बताइन्।

प्रकाशित: १८ भदौ २०८३ १५:१२ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast