मन्त्रालय घटाएर १५ वटा बनाउन एमालेको प्रस्ताव

हिमाल प्रेस २७ वैशाख २०८० १४:०५
60
SHARES
मन्त्रालय घटाएर १५ वटा बनाउन एमालेको प्रस्ताव फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेले संघमा मन्त्रालयको संख्या १२ देखि १५ वटा बनाउन प्रस्ताव गरेको छ। एमाले उपमहासचिवसमेत रहेका सांसद पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने प्रस्ताव गरेका हुन्।

उनले बुधबारको प्रतिनिधिसभा बैठकमा बजेट पूर्वको छलफलमा भाग लिँदै गुरुङले संघमा मन्त्रालयको संख्या घटाएर १२ देखि १५ वटा मन्त्रालय बनाउनुपर्ने बताएका हुन्।

यस्तै प्रदेशमा मन्त्रालयको संख्या ७ वटा कायम गर्नुपर्ने उनको प्रस्ताव छ। गुरुङले मन्त्रालय धेरै हुँदा फजुल खर्च भएको भन्दै खर्च कटौतीका लागि मन्त्रालय संख्या घटाउन आवश्यक रहेको बताएका हुन्। यस्तै उनले संघीय सरकारअन्तर्गतको विभाग घटाएर १५ वटा कायम गर्न र जिल्ला समन्वय समिति पनि खारेज गनुपर्ने बताए।

अहिले संघमा २५ वटा मन्त्रालय छन् भने प्रदेशमा १३ वटासम्म मन्त्रालय छन्। प्रशासन सुधार सुझाव आयोगले दिएको प्रतिवेदनमा संघमा बढीमा १५ वटा र प्रदेशमा सात वटा मन्त्रालय भए पुग्ने उल्लेख छ।

मन्त्रालय घटाएमा फजुल खर्च हुने गुरुङको भनाइ छ। उनले भने, ‘संविधान संशोधन गरेर भए पनि ७७ जिल्लामा बसेको जिल्ला समन्वय समिति खारेज गर्दा १५ सय कर्मचारीको फजुल खर्च हट्नेछ।’ साथै १५४ वटा गाडीहरुको फजुल खर्च घट्ने पनि उनले बताए। उनले भने, ‘यसो गरेर फजुल खर्चबाट मुक्त गरेर अगाडि बढेमा जनतालाई विश्वास हुन्छ।’

प्रकाशित: २७ वैशाख २०८० १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =