नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानमा सहयोग गर्ने एमालेको निर्णय

हिमाल प्रेस २६ वैशाख २०८० १८:५३ | Tuesday, May 9, 2023
नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानमा सहयोग गर्ने एमालेको निर्णय फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्ने प्रक्रियालाई सघाउने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

एमाले सचिव टोपबहादुर रायमाझीको नाम अनुसन्धानको सन्दर्भमा आएको भन्दै एमालेले पार्टीबाट कारबाही गर्न हतार नगर्नेसमेत जनाएको छ। रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी फरार छन्। उनका छोरा सन्दीप भने प्रहरी हिरासतमा छन्।

बैठकले वैशाख २८ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि विभिन्न १० वटा एजेण्डा तयार गरेको गुरुङले बताए। केन्द्रीय कमिटी बैठकमा राजनीतिक घटनाक्रम, अध्यक्षको राजनीतिक प्रतिवेदन पेस, मिसन ग्रासरुटको प्रतिवेदन पेश लगाएतका एजेण्डामाथि छलफल हुने गुरुङले जानकारी दिए।

प्रकाशित: २६ वैशाख २०८० १८:५३ | Tuesday, May 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast