शिक्षाको गुणस्तर सुधार भए बसाइँसराइ रोकिन्छ : सभामुख घिमिरे

हिमाल प्रेस २० वैशाख २०८० २१:५३
2
SHARE
शिक्षाको गुणस्तर सुधार भए बसाइँसराइ रोकिन्छ : सभामुख घिमिरे सभामुख देवराज घिमिरे।

अर्घाखाँची- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सामुदायिक विद्यालयमा पढाइको गुणस्तर सुधार भएमा पहाडी जिल्लाबाट भइरहेको बसाइँसराइ रोकिने बताएका छन्।

पहाडी जिल्लाबाट गुणस्तरीय शिक्षाका नाममा तराई तथा सहरी क्षेत्रमा बसाइँसराइ भइरहेकोप्रति उनले बसाइँसराइ रोक्नका लागि शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने बताए।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सभामुख घिमिरेले भौतिक पूर्वाधार र सडक विस्तारले पूर्णता पाए पनि शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्न स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले जोड दिनुपर्ने बताए।

शिक्षा, स्वास्थ्यको सुधारसँगै कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार सिर्जना गर्नुपर्ने उनले बताए। उद्योगधन्दा जिल्लामा नभएसम्म बेरोजगार समस्याको हल नहुने उल्लेख गर्दै उनले युवाको बढ्दो वैदेशिक पलायन रोक्नुपर्ने बताए। रासस

प्रकाशित: २० वैशाख २०८० २१:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast