राष्ट्रपतिको स्वास्थ्यमा सुधार, आइतबार राति स्वदेश फर्कंदै

हिमाल प्रेस १७ वैशाख २०८० १५:४२ | Sunday, April 30, 2023
राष्ट्रपतिको स्वास्थ्यमा सुधार, आइतबार राति स्वदेश फर्कंदै राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको छ। उपचारका लागि भारत गएका उनी स्वास्थ्यलाभपछि आइतबार (आज) राति स्वदेश फर्किंने तयारी रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उनको उपचार भएको हो। विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा सुधार भएकाले उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको आचार्यले जनाए। उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट आइतबार (राति) काठमाडौँ फर्कंने प्रवक्ता आचार्यले जानकारी दिए।

उपचारमा संलग्न चिकित्सकहरूले अझ केही हप्ता आराम गर्ने सुझाव दिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। छाती र पेटमा समस्या देखिएपछि पौडेललाई एयर एम्बुलेन्सबाट वैशाख ६ गते दिल्ली लगिएको थियो।

प्रकाशित: १७ वैशाख २०८० १५:४२ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast