अग्योग्य लडाकुलाई रकम दिने विषयप्रति भ्रम फैलाइयो : पर्यटनमन्त्री किराती

हिमाल प्रेस १६ वैशाख २०८० १५:२८ | Saturday, April 29, 2023
अग्योग्य लडाकुलाई रकम दिने विषयप्रति भ्रम फैलाइयो : पर्यटनमन्त्री किराती सुदन किराँती

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सशस्त्रद्वन्द्वका अयोग्य लडाकुलाई रकम दिने विषयमा अनावश्यक हल्ला चलाइएको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४ औं प्राज्ञसभा उद्घाटन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन्।

नेकपा एमालेका तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णय भएको उनको भनाइ छ। अयोग्य लडाकुले मुद्दा लडेर जितेर आएको कुरा भएको र अदालतले गरेको फैसलालाई सरकारले अघि बढाएको उनले जिकिर गरे।

केही दिनअघि फ्लाई दुवईको जहाजका विषयमा पनि अनावश्यक हल्ला फैलाइएको उनले जनाए। बुद्ध जयन्तीमा बुद्ध सर्किट राष्ट्रका लागि नि: शुल्क मन्त्रीपरिषद्‍मा प्रस्ताव लगेको र केहि मन्त्रीहरूले नमानेका कारण आफ्नो प्रस्तावको मृत्यु भएको उनले स्पष्ट पारे।

मुलुकको पर्यटन अघि बढाउनका लागि सबै सरोकारवालाबीच हातेमालो गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: १६ वैशाख २०८० १५:२८ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast