बैतडीमा ८० हजार बाख्रालाई पीपीआर खोप

हिमाल प्रेस १६ वैशाख २०८० ९:५०
4
SHARES
बैतडीमा ८० हजार बाख्रालाई पीपीआर खोप

बैतडी- बैतडीमा ८० हजार बाख्रालाई पीपीआरविरुद्धको खोप लगाइएको छ। जिल्लाका दशवटै स्थानीय तहमा सो संख्यामा पीपीआरविरुद्धको खोप लगाइएको हो।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पीपीआर रोगबाट बचाउन बाख्रालाई खोप लगाइएको हो।

केन्द्रले जिल्लाका १० वटै स्थानीय तहमा बाख्रालाई लगाउनका लागि पीपीआर खोप पठाइएको र सोहीअुनसार लगाइएको जनाएको छ। यो अभियान दुई महिनासम्म सञ्चालन भएको थियो।

पीपीआर रोगबाट बाख्रालाई बचाउनका लागि जिल्लाभारी खोप अभियान सञ्चालन गरिएको प्रमुख पन्तले बताए। उनले भने, ‘बाख्रामा पीपीआर रोग लागेमा ८० प्रतिशत मर्ने सम्भावना रहेकाले त्यो रोगबाट बचाउन खोप अभियान सञ्चालन गरिएको हो । क्षति नहोस भनेर सरकारले पिपिआर खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको छ।’

बाख्रामा पीपीआर रोग लागेमा पखाला लाग्ने, र्‍याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन्।

गत वर्ष पनि बाख्रालाई पीपीआर खोप दिइएको थियो। जिल्लाभरि किसानले करिब डेढ लाख रुपैयाँको हाराहारीमा बाख्रा पालेको र दुई सय बढी व्यावसायिक बाख्रापालक किसान कार्यालयमा सूचीकृत रहेका पन्तले जानकारी दिए।

प्रकाशित: १६ वैशाख २०८० ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast