मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो

हिमाल प्रेस ३१ साउन २०८३ २१:५० | Sunday, August 16, 2026
24
SHARES
मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो

काठमाडौँ-  बैतडी पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई हेलिकप्टरमार्फत कैलालीको धनगढी लगिएको छ। उनलाई धनगढीबाट काठमाडौँ लगिने छ।

स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री लम्साललाई धनगढी लगिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुइन्।

‘स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उहाँलाई धनगढी लगिएको छ,’ प्रजिअ अर्यालले भनिन्।

मन्त्री लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पूर्वाधारको अवस्थाको निरीक्षण गर्न पुगेको थियो।

उनी दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो।
मन्त्री लम्साल आफैँ गाडी चलाएर त्यसतर्फ गएका थिए।

प्रकाशित: ३१ साउन २०८३ २१:५० | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast