‘भक्तराज आचार्य संगीत सम्मान’बाट दीप श्रेष्ठ र शक्ति बल्लभ सम्मानित हुने

हिमाल प्रेस १५ वैशाख २०८० १४:३४ | Friday, April 28, 2023
‘भक्तराज आचार्य संगीत सम्मान’बाट दीप श्रेष्ठ र शक्ति बल्लभ सम्मानित हुने

काठमाडौँ- गायक दीप श्रेष्ठ र संगीतकार शक्ति बल्लभ ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९’बाट सम्मानित हुने भएका छन्।

भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनी ट्रान्सफरको संयुक्त आयोजनामा हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ। साथै ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलावादक भीपी सिंहलाई प्रदान गरिनेछ।

‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’को पुरस्कार राशि जनही ५० हजार रुपैयाँ रहेको छ भने ‘सुशीला आचार्य सु-स्वास्थ्य कामना सम्मान’ पाउनले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। यो पुरस्कार गत वर्षदेखि कमजोर आर्थिक अवस्था भएका तथा औषधि उपचार गर्नबाट वञ्चित भएका संगीतकर्मीलाई दिन सुरु गरिएको हो।

प्रकाशित: १५ वैशाख २०८० १४:३४ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast