पोखरा- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुखको निवास सिमलचौरमा शुक्रबार अपराह्र आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। यसैक्रममा, मुख्यमन्त्री पाण्डेले ३ सदस्यीय मन्त्रिपरिषद् बिस्तार गरेका छन्।
उनले नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादी केन्द्रकी सुशीला सिम्खडालाई मन्त्री बनाएका छन्। नवनियुक्त मन्त्री तिवारी र सिम्खडाले शुक्रबारै पद तथा गोपनीयताको शपथ लिए।
नेपालको संविधान १६८(२) बमोजिम गोरखा २(२)बाट प्रदेशसभामा निर्वाचित पाण्डेलाई बिहीबार प्रदेश प्रमुखले गण्डकीको मुख्यमन्त्री नियुक्त गरेका थिए।
प्रकाशित: १५ वैशाख २०८० १२:४२ | Friday, April 28, 2023
प्रतिक्रिया



