गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीले आज शपथ लिँदै

हिमाल प्रेस १५ वैशाख २०८० ७:०४ | Friday, April 28, 2023
गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीले आज शपथ लिँदै

काठमाडौँ- गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथग्रहण गर्दैछन्।

बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका थिए भने लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यस्तै, लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीलाई प्रदेशका ८ दलका ५२ र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ।

विश्वासको मत गुमाउँदै नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ पनि नयाँ गठबन्धन सरकार बनेको हो।

प्रकाशित: १५ वैशाख २०८० ७:०४ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast