भन्सार छली ल्याइएको गहुँ बरामद

हिमाल प्रेस १४ वैशाख २०८० १९:२२
2
SHARE
भन्सार छली ल्याइएको गहुँ बरामद बेलहिया नाका

लुम्बिनी- भन्सार छलेर नेपाल ल्याउँदै गरेको गहुँ र रासायनिक मल रुपन्देही प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले बिहीबार ४० क्विन्टल गहुँ र ३० क्विन्टल युरिया मल नियन्त्रणमा लिएको हो।

उक्त गहुँ र मल भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको अवस्थामा लु १ त ९७८० नम्बरको ट्रयाक्टरसहित नियन्त्रणमा लिए भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १४ वैशाख २०८० १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =