भन्सार छली ल्याइएको गहुँ बरामद

हिमाल प्रेस १४ वैशाख २०८० १९:२२ | Thursday, April 27, 2023
भन्सार छली ल्याइएको गहुँ बरामद बेलहिया नाका/ फाइल तस्बिर

लुम्बिनी- भन्सार छलेर नेपाल ल्याउँदै गरेको गहुँ र रासायनिक मल रुपन्देही प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले बिहीबार ४० क्विन्टल गहुँ र ३० क्विन्टल युरिया मल नियन्त्रणमा लिएको हो।

उक्त गहुँ र मल भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको अवस्थामा लु १ त ९७८० नम्बरको ट्रयाक्टरसहित नियन्त्रणमा लिए भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १४ वैशाख २०८० १९:२२ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast