काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले अल्टिच्युड एयर प्रालिका वरिष्ठ क्याप्टेनसहित दुई जनालाई कारबाही गरेको छ। प्राधिकरणको सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्दै वरिष्ठ क्याप्टेन र मेन्टेनेस मेनेजर निलम्बनमा परेका हुन्।
प्राधिकरणका अनुसार उनीहरुमाथिको कारबाही अर्को सूचना जारी नभएसम्म लागू हुनेछ। उनीहरूले कस्तो सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्ने प्राधिकरणले खुलाएको छैन। त्यस्तै प्राधिकरणले उनीहरूको परिचय पनि सार्वजनिक गरेको छैन।
प्रकाशित: १४ वैशाख २०८० १९:११ | Thursday, April 27, 2023
प्रतिक्रिया




