गण्डकी मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेले गरे दाबी पेस

हिमाल प्रेस १४ वैशाख २०८० १५:५३ | Thursday, April 27, 2023
गण्डकी मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेले गरे दाबी पेस

पोखरा– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन्। मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेसका २७, माओवादीका ८ र एकीकृत समाजवादीका १ सांसदको हस्ताक्षरसहित पाण्डेले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष बिहीबार दाबी पेस गरेका हुन्।

निवर्तमान मुख्यमन्त्री नेकपा एमालेका खगराज अधिकारीले शनिबार सदनबाट विश्वासको मत लिन नसकेपछि अधिकारी नेतृत्वको सरकार ढलेको थियो। एमाले नेतृत्वको सरकार ढलेसँगै गण्डकीमा कांग्रेससहित गठबन्धनका दलहरूले नयाँ सरकार बनाउन लागेका हुन्।

यो पनि:

गण्डकीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डे

प्रकाशित: १४ वैशाख २०८० १५:५३ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast