२७औँ ‘राष्ट्रिय चिया दिवस’ तीन दिन मनाइने

हिमाल प्रेस १३ वैशाख २०८० २२:०४ | Wednesday, April 26, 2023
२७औँ ‘राष्ट्रिय चिया दिवस’ तीन दिन मनाइने प्रतिनिधिमूलक तस्बिर स्रोत : राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

काठमाडौँ- राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७औँ ‘राष्ट्रिय चिया दिवस’ मनाउने भएको छ। बिहीबारदेखि शनिबारसम्म दिवस मनाउने बोर्डले बुधबार पत्रकार सम्मेलनमार्फत गराएको हो।

तीन दिन मनाइने दिवसमा चिया प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम गरिनेछन्। दिवसमा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी व्यवसाय, विक्रेता, उपभोक्ता, विभिन्न राष्ट्रबाट सहभागी हुने कूटनीतिज्ञलगायत विशिष्ट व्यक्तिको सहभागिता रहने बोर्डल जानकारी दिएको छ। नेपाल पर्यटन बोर्डमा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवसमेत गरिने बोर्डको भनाइ छ।

बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले त्रिदिवसीय कार्यक्रमअन्तर्गत काठमाडौँमा चिया प्रदर्शनीका साथै नेपाली अर्थोडक्स चियामा लागू हुने ‘ट्रेसाबिलिटी प्रणाली’ को प्रारम्भ गरिने बताए। उनका अनुसार इलाममा चियाका बगैँचा अवलोकनका लागि भ्रमणका साथै नेपाली र विदेशी चिया व्यापारीबीच शिष्टाचार व्यापारिक बैठक गराइनेछ।

यस वर्ष ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ नारासहित दिवस मनाउन लागिएको छ। विसं १९२० मा इलाममा चिया खेती सुरु भए पनि झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई २०३९ मा चिया क्षेत्र घोषणा गरी सरकारी तहबाट व्यावसायिक चिया खेतीको प्रवद्र्धन गरिएको पाइन्छ।

चालु आवको तथ्यांकअनुसार नेपालमा २० हजार २ सय १९ हेक्टरमा चियाखेती भएकाे छ। सो क्षेत्रफलमा हुने खेतीबाट २६ हजार ३ सय ७९ मेट्रिक टन चिया उत्पादन भएको बोर्डको तथ्यांक छ। त्यसैगरी भारतलगायत तेस्रो मुलुकमा १३ हजार ८ सय ८५ मेट्रिक टन चिया निर्यात गरिएको बोर्डले उल्लेख गरेको छ।

प्रकाशित: १३ वैशाख २०८० २२:०४ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast