माओवादी आक्रमणमा ११ जना भारतीय सुरक्षाकर्मीको मृत्यु

हिमाल प्रेस १३ वैशाख २०८० २०:०९
2
SHARE
माओवादी आक्रमणमा ११ जना भारतीय सुरक्षाकर्मीको मृत्यु

राइयुर (भारत)- भारतको मध्यछत्तीसगढमा विद्रोही माओवादीको आक्रमणमा परी ११ जना प्रहरीको मृत्यु भएको छ। छत्तीसगढको दन्तेवाडा जिल्लामा विद्रोहीको गतिविधि अनुसन्धान गरेर फर्केको प्रहरी टोलीका ११ जना प्रहरीको मृत्यु भएको हो।

अनुसन्धानमा १ सय जनाभन्दा बढी प्रहरीको सहभागिता थियो। बुधबार दिउँसो करिब साढे ३ बजे भएको विष्फोटमा गाडी चालकसहित ११ जनाको मृत्यु गएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

प्रहरीको गाडीले जमिनमुनि राखिएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा घटना भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उक्त विष्फोटक पदार्थ विद्रोही माओवादीले बिछ्याएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

भारतीय प्रहरीले उक्त घटनालाई सन् १९६० को दशकमा सुरु भएको माओवादी विद्रोहीको संग्लनतामा भएको बताएको छ। भारतमा सन् १९६० देखि माओवादी सशस्त्र आन्दोलन चलेको थियो। त्यसयताका दशकहरूमा माओवादी आक्रमणमा हजारौँ मानिसको ज्यान गएको छ। बुधबारको घटना सुरक्षा बलका लागि दुई वर्षयताकै ठूलो क्षति रहेको प्रहरीको भनाइ छ।

छत्तीसगढका वरिष्ठ प्रहरी अधिकारी विवेकानन्दले नियमित कामबाट फर्कंदै गर्दा प्रहरीको गाडीलाई लक्षित गरी विस्फोट भएको बताए। घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने सैनिकहरूप्रति श्रदाञ्जली दिएका छन्।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटना अत्यन्त दुःखद रहेको बताएका छन्। राज्यका नक्सलवादीहरूविरुद्ध लड्नका लागि दुई गुणा प्रयास गर्ने उनले बताए।
घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिएको एफपीले उल्लेख गरेको छ। रासस/एएफपी

प्रकाशित: १३ वैशाख २०८० २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast