एमालेले मनायो मनमोहन अधिकारीको स्मृति दिवस

हिमाल प्रेस १३ वैशाख २०८० ११:५७
2
SHARE
एमालेले मनायो मनमोहन अधिकारीको स्मृति दिवस

काठमाडौँ- नेकपा एमालेले मनमोहन अधिकारीको २४औँ स्मृति दिवस मनाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको शालिकमा माल्यार्पण गरेका छन्।

सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उनले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गरे। सो अवसरमा नेताहरू ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवालीलगायतका नेताहरूको उपस्थिति थियो।

अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन्। नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो।

अधिकारीले २०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका बेलामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैं बनाउँ’ जस्ता अभियान सुरु भएका थिए।

प्रकाशित: १३ वैशाख २०८० ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 19 =