धुलो दूध र झोल दूध आयातका लागि पहल गरिने

हिमाल प्रेस १२ वैशाख २०८० १२:२३ | Tuesday, April 25, 2023
धुलो दूध र झोल दूध आयातका लागि पहल गरिने प्रतीकात्मक तस्बिर।

काठमाडौँ- नेपाल डेरी एसोसिएसनले हाल दूध अभावका कारण भइरहेको समस्या समाधानका लागि धुलो दूध र झोल दूध आयातका लागि तत्काल पहल गर्ने विषयमा छलफल गरेको छ।

सर्लाहीको हरिवनमा हिजो (सोमबार) र आज (मंगलबार) भएको एसोसिएसनको केन्द्रीय विस्तारित बैठकमा ‘फ्रेस मिल्क’मा लगाइएको अन्तःशुल्क हटाउन पहल गर्ने, दूधको मूल्यवृद्धि पश्चात छुर्पिको मूल्य बढ्दा बिक्रीमा भएकाले समस्या समाधानका लागि पहल गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए।

बैठकमा प्रदेश र जिल्ला समितिलाई अझ सक्रिय बनाइ हरेक क्रियाकलाप अगाडि बढाउने, दुग्ध संकलन केन्द्रले विद्युत महसुलमा पाउँदै आएको छुटलाई निरन्तर दिइनुपर्ने विषयमा छलफल गरिएको उनको भनाइ छ। उनका अनुसार बैठकमा नेपाल डेरी एसोसिएसनलाई महासंघमा लैजाने विषयमा पनि छलफल भएको थियो।

‘गण्डकी प्रदेशमा छुर्पी र पनिरमा भ्याट नलाग्ने भनि भएको निर्णय स्वागत गर्दै अब अन्य प्रदेशमा पनि सोहीअनुसार पहल गर्ने निर्णय बैठकले गरेको छ,’ महासचिव हेमचन्द्र खनालले भने।

वैशाख १२ गतेदेखि १४ गतेसम्म मधेश प्रदेशको हरिवनमा हुन लागेको डेरी तथा कृषि औजार मेलाको सन्दर्भमा एसोसिएसनको विस्तारित बैठक एवं प्रदेश र जिल्ला समितिका पदाधिकारीलाई एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो।

प्रकाशित: १२ वैशाख २०८० १२:२३ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast