‘फ्लाई दुबईको जहाज सुरक्षित रूपमा गन्तव्यतर्फ जाँदै’

हिमाल प्रेस ११ वैशाख २०८० २२:१२ | Monday, April 24, 2023
‘फ्लाई दुबईको जहाज सुरक्षित रूपमा गन्तव्यतर्फ जाँदै’

काठमाडौँ-  पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले फ्लाई दुबईको जहाज सुरक्षित रूपमा आफ्नो गन्तव्यतिर जान लागेको जानकारी दिएका छन्। यस्तै मन्त्री किराँतीले केही चिन्ता नगर्न पनि आग्रह गरेका छन्। उनले केहीबेर अघि सामाजिक सञ्जालमा लेखेका छन्, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ। कोही चिन्ता नगर्नु होला। सबैलाई शुभयात्रा’

क्यानका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले उक्त विमान दाङको आकाशमाथि २८ हजार फिटमाथि उडिरहेको  जानकारी दिए। उनले भने, ‘सुरक्षित गन्तव्यमा जाँदै छ। केही समस्या परे भारतमा अवतरण गर्न सक्छ।’ उड्नासाथ इन्जिनबाट ठूलो आवाज आएकाले अवतरणका लागि रनवे खाली गर्न भनिए पनि काठमाडौँको आकाशमा तीन फन्को लगाएर गन्तव्यतर्फ लागेको जानकारी सहायक प्रवक्ता भुलले दिए। उक्त विमान  १ सय ६२ जना यात्रु बोकेर दुबईतर्फ गएको छ।

प्रकाशित: ११ वैशाख २०८० २२:१२ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast