बारा-२ मतगणना : करिब ६ सय मतले उपेन्द्र यादवको अग्रता

हिमाल प्रेस ११ वैशाख २०८० १९:२१ | Monday, April 24, 2023
बारा-२ मतगणना : करिब ६ सय मतले उपेन्द्र यादवको अग्रता

काठमाडौँ- बारा-२ मा सत्ता गठबन्धनको तर्फबाट उम्मदेवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्। जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता रोक्दै अघि बढेका यादवले पछिल्लो मतपरिणाम अनुसार २ हजा ६ सय मत प्राप्त गरेका छन्।

अहिलेसम्म ६ हजार ७६७ मत गणना भएको छ। कलैयाको शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार कुशवाहा २ हजार ६७ मत ल्याएर यादवलाई पछ्याइरहेका छन्।

उता नेकपा एमालेका पुरुषोत्तम पौडेल ८६१ मतसहित तेस्रो स्थानमा छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ३०३ मत ल्याएका छन्।

प्रभु साह नेतृत्वको आमजनता पार्टीका अरुण ज्ञवालीले १९१ मत ल्याइसकेका छन्।

प्रकाशित: ११ वैशाख २०८० १९:२१ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast