गणेश नेपालीको आत्मदाहलाई क्षणिक आवेगको रुपमा टार्न मिल्दैन : उपेन्द्र यादव

हिमाल प्रेस २६ असार २०८३ १५:४१ | Friday, July 10, 2026
10
SHARES
गणेश नेपालीको आत्मदाहलाई क्षणिक आवेगको रुपमा टार्न मिल्दैन : उपेन्द्र यादव फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गणेश नेपालीको आत्मदाहको घटनालाई क्षणिक आवेगको रुपमा टार्न नमिल्ने बताएका छन्।

आत्मदाहपछि उपचारका क्रममा नेपालीको मृत्यु भएपछि जसपा नेपालका अध्यक्ष यादवले यस्तो बताएका हुन्।

उनले घटनाको छानबिन गर्न माग समेत गरेका छन्।

‘यस घटनालाई केवल व्यक्तिगत दुर्घटना वा क्षणिक आवेगको रुपमा टार्न मिल्दैन। यसको वास्तविक कारण, पृष्ठभूमि र त्यसतर्फ पु¥याउने सबै परिस्थितिको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन हुनुपर्छ,’ यादवले विज्ञप्ति निकालेर भनेका छन्।

अध्यक्ष यादवले घटनामा कुनै व्यक्ति, संस्था वा राज्य संयन्त्रको लापरवाही, अन्याय वा गैरजिम्मेवारी पाइए कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्।

उनले नेपालीका परिवारलाई उचित राहत, सम्मानजनक क्षतिपूर्ति तथा आवश्यक सामाजिक र आर्थिक सहयोगको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

यादवले यसखाले घटना दोहोरिन दिन नहुनेमा जोड दिएका छन्।

‘यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन श्रमिक वर्ग, कामदार युवा तथा सबै नागरिकका गुनासा समयमै सुन्ने, न्याय दिलाउने र मनोसामाजिक सहयोगलाई प्रभावकारी बनाउने संस्थागत व्यवस्था गर्न आवश्यक छ,’ उनले भनेका छन्।

प्रकाशित: २६ असार २०८३ १५:४१ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast