गणेश नेपालीको परिवारलाई कांग्रेस सभापति थापाको एक लाख सहयोग

हिमाल प्रेस ८ साउन २०८३ १३:५६ | Friday, July 24, 2026
2
SHARE
गणेश नेपालीको परिवारलाई कांग्रेस सभापति थापाको एक लाख सहयोग नेपाली कांग्रेसका सभापति गगन थापा/फाइल तस्बिर

काठमाडौँ- आत्मदाह प्रयासपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका सभापति गगन थापाले एक लाख रुपैयाँ सहयोग गरेका छन्।

कांग्रेस सभापति थापाले नेपालीको परिवारलाई आफ्नो तर्फबाट राहत स्वरुप एक लाख रुपैयाँ सहयोग गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सभापति थापाले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामना गरेका छन्। शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीले २५ असारको दिन त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा आफ्नो मोटरसाइकलको पेट्रोल निकालेर आफैँले शरीरमा आगो लगाएका थिए।

प्रकाशित: ८ साउन २०८३ १३:५६ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast