चिडियाखानामा ‘महारानी’

हिमाल प्रेस ११ वैशाख २०८० ११:५४ | Monday, April 24, 2023
चिडियाखानामा ‘महारानी’

काठमाडौँ- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको समस्याग्रस्त बाघलाई सदर चिडियाखाना जाउलाखेलमा ल्याइएको छ। निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई चिडियाखानामा ल्याइएको हो।

वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो। आक्रमणपछि उनको निधन भएको थियो।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले बाघले धेरै मानिसहरूलाई क्षति गरेकाले नियन्त्रणमा लिएर चिडियाखानामा राखिएको बताए। अहिले चिडियाखानामा ४ वटा बाघ राख्न सक्ने क्षमता छ। तर अहिले चार वटा भाले र एउटा पोथी बाघ छ।

उनले चिडियाखानामा एउटा ‘महाराज’ नामक बाघ रहेको र कञ्चनपुरबाट ल्याइएको बाघलाई ‘महारानी’ नाम दिएर उसैसँग जोडी बनाउने गरी राख्ने योजना रहेको बताए। ‘यी दुई बाघ मिले भने महाराज, महारानी नाम मिलाएर राख्ने सोच छ,’ उनले भने।

नियन्त्रणमा लिइएको पोथी बाघ अन्दाजी पाँच वर्ष उमेरको हो। घटना भएको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा विगत एक महिनाको अवधिमा थप दुई जना (एक नेपालीसहित) को बाघका कारण ज्यान गएको पाइएको सदस्यसचिव अधिकारीले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा ३६ वटा वयस्क पाटेबाघ रहेको अनुमान गरिएको छ।

प्रकाशित: ११ वैशाख २०८० ११:५४ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast