निर्वाचनमा सहभागी भएकोमा मतदाताप्रति रविको आभार

हिमाल प्रेस १० वैशाख २०८० २०:१२ | Sunday, April 23, 2023
निर्वाचनमा सहभागी भएकोमा मतदाताप्रति रविको आभार फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् चितवन २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेले आइतबार सम्पन्न निर्वाचनमा सहभागी मतदाताप्रति आभार प्रकट गरेका छन्। आइतबार साँझ आफ्नो फेसबुक पेजमार्फत उनले मतदाताप्रति आभार व्यक्त गरेका हुन्।

‘तनहुँ १, चितवन २ र बारा २ निवासी बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार! आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई मजबुत बनाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं,’ उनले भनेका छन्।

उनले निर्वाचनमा खट्ने पार्टी प्रतिनिधि, सुरक्षा निकाय र निर्वाचन आयोगका कर्मचारी र सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

‘हाम्रो चुनावी यात्रामा अहोरात्र खट्ने हाम्रा साथीहरू, सुरक्षा निकाय, निर्वाचन आयोग, आम संचारकर्मीहरू र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नु भएको भूमिकाको लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं। अन्तमा, निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने नेपाल तथा नेपाल बाहिरका तपाईंहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछौं,’ उनले लेखेका छन्, ‘हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितवनवासीहरूमा विशेष नमन्।’

प्रकाशित: १० वैशाख २०८० २०:१२ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast