एसीसीएको परीक्षामा सीसीएले ल्यायो उत्कृष्ट नतिजा

हिमाल प्रेस १० वैशाख २०८० १६:५७ | Sunday, April 23, 2023
एसीसीएको परीक्षामा सीसीएले ल्यायो उत्कृष्ट नतिजा

काठमाडौँ– सर्टिफाइड कलेज अफ एकाउन्टेन्सी (सीसीए)मा अध्ययनरत विद्यार्थीले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्।

एसीसीएको मार्च २०२३ भएको परीक्षामा सीसीएका अधिकांश विद्यार्थीले राम्रो नतिजा ल्याउन सफल भएका हुन्। सीसीएले उत्कृष्ट नतिजा हासिल गरेर आफ्नो शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने धेरैजसो नेपाली र्‍यांक होल्डरहरू यही संस्थामा अध्ययनरत विद्यार्थी भएको जनाएको छ।

सीसीएका विद्यार्थीहरूले एप्लाइड स्किलका विभिन्न विषयमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन्। सीसीएले रणनीतिक पेशेवर, वित्तीय व्यवस्थापन, प्रदर्शन व्यवस्थापन, लेखा परीक्षण, कर, वित्तीय व्यवस्थापन लगायतका विषयमा उत्कृष्ट नतिजा हासिल गरेका हुन्।

विद्यार्थीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदैँ सीसीएका प्रबन्ध निर्देशक गोविन्दराज पन्तले कडा परिश्रम, समर्पण र विद्यार्थीहरूको लगनशीलताले उनीहरूको उत्कृष्टतामा योगदान पुगेको विश्वास व्यक्त गरेका छन्।

सीसीए कलेजले १८ वर्षदेखि एसीसीए कक्षा सञ्चालन गर्दै आएको छ। सीसीए एसीसीएको गोल्ड लर्निङ पार्टनर हो।

प्रकाशित: १० वैशाख २०८० १६:५७ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast