अमेरिकामा फ्लुका कारण ३ महिनामा १९ हजारको मृत्यु

हिमाल प्रेस ९ वैशाख २०८० १९:३५ | Saturday, April 22, 2023
अमेरिकामा फ्लुका कारण ३ महिनामा १९ हजारको मृत्यु

लस एन्जलस- अमेरिकामा यो वर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ को पहिलो तीन महिनामा १९ हजारभन्दा बढीको मृत्यु भएको हो।

फ्लुका कारण कम्तीमा दुई करोड ६० लाख बिरामी भएका र दुई लाख ९० हजार अस्पताल भर्ना भई उपचार सेवा लिएका छन्। तथ्यांकअनुसार यो वर्षको पहिलो १०० दिनमा फ्लुले १९ हजार जनाको ज्यान लिएको हो।

यो मौसममा अहिलेसम्म बाल रोगका कारण १४३ जनाको मृत्यु भएको तथ्यांक छ। सीडीसीको तथ्यांकअनुसार अप्रिल १५ मा समाप्त भएको पछिल्लो हप्तामा करिब दुई हजार मानिस फ्लुका कारण अस्पताल भर्ना भएका छन्।

अमेरिकामा ६ महिना वा सोभन्दा बढी उमेरका सबैलाई फ्लुको गतिविधि जारी रहेसम्म वार्षिक फ्लु खोप लगाउन सीडीसीले आग्रह गरेको छ।
फ्लुको उपचारमा प्रयोग गरिने सिफारिस गरिएका ‘फ्लु एन्टिभाइरल’ औषधिहरू पनि रहेकाले जतिसक्दो चाँडो प्रयोग गर्न आवश्यक रहेको सीडीसीले बताएको छ। रासस/सिन्ह्वा

प्रकाशित: ९ वैशाख २०८० १९:३५ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast