काठमाडौँ- बाघको आक्रमणमा बेपत्ता भएकी धनगढीस्थित बेलौरी नगरपालिका–८ पचुइकी गंगा चन्दको शव फेला परेको छ।
झन्डै २२ घण्टापछि शनिबार चन्दको फेला परेको सब-डिभिजन वन कार्यालय कुन्डाका प्रमुख दिनेश यादवले जानकारी दिए।
बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको हो।
शुक्रबार दिउँसो घाँस काट्न गएकी चन्दमाथि बाघले आक्रमण गरेको थियो। बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बाघलाई नियन्त्रणमा लिएको छ।
यो पनि
महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघ नियन्त्रणमा लिन विशेषज्ञ टोली परिचालन
प्रकाशित: ९ वैशाख २०८० ११:५९ | Saturday, April 22, 2023
प्रतिक्रिया




