एकीकृत समाजवादीका नेता ज्ञवाली एमालेमै फर्किए

हिमाल प्रेस ८ वैशाख २०८० १५:४३ | Friday, April 21, 2023
एकीकृत समाजवादीका नेता ज्ञवाली एमालेमै फर्किए

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता तथा लेखा परीक्षण आयोगका सदस्य नरेश ज्ञवाली नेकपा एमाले प्रवेश गरेका छन्। एमाले विभाजन हुँदा माधवकुमार नेपालसँगै नेकपा एकीकृत समाजवादी लागेका उनी अहिले फेरि एमालेमै फर्किएका हुन्।

ज्ञवालीले आज पार्टी विभाजनको औचित्य पुष्टी हुन नसकेको भन्दै एमालेमै फर्किएको बताएका छन्।

‘पार्टी विभाजनको औचित्य पुष्टी हुन सकेन। पार्टी विभाजन हुँदा दलाल, विचौलिया र पूँजीवादीमात्रै खुसी भए,’ उनले भने, ‘माले एमाले हुँदै मैले तीस दशक राजनीतिमा बिताएको छु, तर एकीकृत समाजवादीमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने देखिनँ। अनि यो पार्टी परित्याग गरेँ।’ज्ञवाली एमाले स्थापनाकालकै नेता हुन्।

प्रकाशित: ८ वैशाख २०८० १५:४३ | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast