चैते धान खेती लोप हुने अवस्थामा

हिमाल प्रेस ८ वैशाख २०८० ११:५३ | Friday, April 21, 2023
चैते धान खेती लोप हुने अवस्थामा

तनहुँ- तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ।

दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती भइरहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।

केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी जिल्लामा चैते धान खेती बर्सेनि घट्दै गएको बताउँछन्। ‘यो चैते धान रोपाइँ गर्ने समय हो, हालसम्म करिब ७० प्रतिशत रोपाइँ सकिएको छ’, उनले भने, ‘बर्षेनि चैत धान खेती हुने जमिन कम हुँदै गएको छ।’

लामो समयदेखि वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ। गाउँबाट युवा विदेशिँदा जनशक्तिको अभावमा खेती गर्ने परम्परा हराउँदै जान थालेको उनको बुझाइ छ। चैते धान प्रायः चिउराका लागि प्रयोग गरिन्छ।

प्रकाशित: ८ वैशाख २०८० ११:५३ | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast